कोरोना बिरुद्धको युद्धमा बर्दघाट सक्रीय, नगरबासी खोज्नेदेखि अलपत्र परेकालाई बससम्मको व्यवस्था

मेयर खबरदाता, नवलपरासी

८ वैशाख । बर्दघाट नगरपालिकाले रोजगार र पढाईको सिलसिलामा विदेश गएका आफ्ना नगरबासीहरुको तथ्यांक संकलन र सम्पर्क गर्न शुरु गरेको छ । नगरपालिकाले नेपालभित्रै रहेका तर लकडाउनका कारण अलपत्र परेका नागरबासीको खोजी गर्ने र सम्पर्कमा आएका त्यस्ता व्यक्तिको उचीत व्यवस्थापन गर्न नगरपालिकाले सम्बन्धीत पालिकासँग आवश्यक समन्वयमा गरिरहेको छ ।

त्यस्तै लकडाउनकै कारण बर्दघाट नगरपालिकामा फसेका र पैदल मार्फत नगरपालिकासम्म आएका अन्य पालिकाका व्यक्तिहरुको समेत बर्दघाटले उद्दार गरिरहेको छ । त्यसता व्यक्तिहरुलाई नगरपालिकाले खाना सहित बसको व्यवस्था गरी सम्बन्धीत ठाउँसम्म पुर्याउने गरेको मेयर बस्यालले जानकारी दिनुभयो । नगरपालिकाले हालसम्म ३ सय भन्दा बढीलाई दाङ, सल्यान, सुर्खेतका विभिन्न ठाउँमा पुर्याई सकेको छ ।

नगरपालिकाले आईतबारदेखि विपन्न परिवारलाई दोस्रो चरणको राहत वितरण पनि शुरु गरेको छ ।नगरपालिकाले पहिलो चरणको राहत चैत्र २० गते २५ सय १८ परिवारलाई वितरण गरेको थियो । दोस्रो चरणमा करिब ३३ सय परिवारलाई राहत वितरण गर्ने नगरपालिकाले जनाएको छ ।

लकडाउनको कारण मध्यमवर्गमा पनि विस्तारै खाद्यान्नको अभाव देखिन थालेपछि पहिलो चरणको भन्दा दोस्रो चरणमा राहत माग गर्नेको संख्या बढेको मेयर धिरज शर्मा बस्यालले मेयर खबरलाई बताउनुभयो ।

सरकाले लागू गरेको देशव्यापी लकडाउनलाई तथ प्रभावकारी बनाउनकोलागी बर्दघाटले स्वयम् सेवक दस्ताको समेत गठन गरेको छ । पहिलो चरणमा वडा नम्बर १३ मा ३५ जनाको दस्ता निर्माण गरेको नगरपालिकाले सबै वडामा यस्तो दस्ता परिचालन गर्ने जनाएको छ । ती स्वयम् सेवक दस्ताले प्रहरीको समन्वयमा नगरभित्र लकडाउनको अनुगमन तथा निरिक्षण गर्ने छन् ।

घरभित्रै बसौं, आफू पनि बचौं, अरुलाई पनि बचाऔं ।

One Reply to “कोरोना बिरुद्धको युद्धमा बर्दघाट सक्रीय, नगरबासी खोज्नेदेखि अलपत्र परेकालाई बससम्मको व्यवस्था”

  1. Therai ramro kam garnu vayeko rahe6
    Ma pani baglung bat
    Bishnu pd kafle
    Bardhaghat 10 londonbridge ghar ho
    Alile baglung ghar auna napayeko.
    Hami 4 jana ko autai paribar ho.
    Ph 9847630125

Leave a Reply

Your email address will not be published. Required fields are marked *