पाँच प्रदेशका पाँच मेयरको जोड, अब राहतसँगै आशा जगाउनुपर्छ

मेयर खबरदाता

‘युद्ध– कोरोनाविरुद्ध’ टेलिभिजन श्रृंखलाको १२ औं अंकमा सहभागी पाँच प्रदेशका पाँच मेयरहरुले कोरोना विरुद्धको क्रियापलापसँगै जनतामा आशा समेत जगाउनुपर्ने बेला आएको बताउनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट दैनिक रुपमा प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनविरुद्ध’ मा बोल्दै मेयरहरुले लकडाउनका कारण असहज जीवनयापन गरेका समुदायलाई राहत वितरण गरेसँगै हामी उठ्न सक्छौं है भन्ने सन्देश दिनु अपरिहालर्य रहेको बताउनुभएको हो ।

आजको १२ औं श्रृंखलामा प्रदेश १ बाट झापा जिल्लाको भद्रपुर नगरपालिकाका मेयर जिवन कुमार श्रेष्ठ, प्रदेश २ बाट महोत्तरीको औरही नगरपालिकाका मेयर सुनिल कुमार यादव, गण्डकी प्रदेशबाट स्याङजा जिल्लाको भिरकोट नगरपालिकाका मेयर छायाराम खनाल, कर्णाली प्रदेशबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका मेयर गोर्ख बहादुर के.सी. र सुदूरपश्चिम प्रदेशबाट अछाम जिल्लाको पञ्चदेवल नगरपालिकाका मेयर देवराज देवकोटा सहभागी हुनुभएको कार्यक्रमका सहजकर्ता शिव अधिकारीले जानकारी दिनुभयो ।

हरेक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको १२ श्रृंखला पनि विहान ८ः३० र १०ः३० बजे न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने जनसम्पर्क अधिकृत प्रसन्न ढुंगानाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *