कोरोनाविरुद्ध लड्न कतै हाम्रो व्यवहार बाधक त बनेको छैन ?

यतिबेला ब्रेक लागेको छ । विश्वव्यापी रुपमा देखिएको कोरोना (कोभिड–१९)ले ठुलै शक्तिशाली मुलुकहरुलाई पनि आफ्नो पकडमा राखेको छ । चीनको वुहान शहरबाट देखिएको कोरोना भाइरसले माहामारीको रुप धारण गरी हालसम्म करिब २ लाखकोे ज्यान लिइसकेको छ । करिब २८ लाख मानिस यसको संक्रमणबाट छटपटाइरहेका छन् भने विश्वका हरेक मानिस यसको त्रासबाट चिन्तित छन् ।

कोराना भाईरसका बिषयमा बेला बेलामा फरक फरक किसिमका टिप्पणीहरु बिभिन्न संचारमाध्यमबाट बाहिर आइरहेका छन् । सबैभन्दा चिन्ताको बिषय भनेको हालसम्म यस माहामारी रोकथामका लागी औषधी पत्ता लाग्न सकेको छैन । अमेरीका जस्तो शक्तिशाली राष्ट्र र इटली जस्तो स्वास्थ्यमा संवेदनशिल राष्ट्रहरुले समेत यो माहामारीका अगाडी घुडा टेक्न बाध्य छन् । एक ब्यक्तिको सानो लापरवाहीले पनि भयानक रुप लिन सक्छ भन्ने कुरा सिद्द भइसकेको छ । यसका लागी सरकारले लकडाउन घोषणा गरिसकेको छ । यसअवधिभर सबैलाई सेल्फ क्वारेन्टाईनमा बस्न सरकारले निर्देशन दिएको छ । बिदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाइएको छ । जसका लागि देशभरका स्थानीय सरकार लागिरहेका छन् ।

कोरोना परास्त गर्ने अचूक औषधी हो, लकडाउन । हुनत हामी वीर गोर्खालीका सन्तान हौँ । तर, कोरोना भाइरससँग लड्नका लागि हामिमा वीरता होइन, धैर्यता र इमान्दारीता चाहिएको छ । जनताको स्वास्थ्यप्रति संवेदनशिल हुँदै सरकारले गरेको निर्णयलाई पालना गर्न सक्ने आँट चाहिएको छ ।

छिमेकि मुलुक भारतसँग खुला सिमाना भएका कारण संक्रमितहरु लुकिछिपी नेपाल आउने सम्भावना भएकाले आश्रय दिनु भएन । उदयपुरमा देखिएको दृष्यले धर्म प्रचारका नाममा कोरोना उपाहार लिएर हाम्रो समाजमा खुलेआम प्रवेश गर्दासम्म सरकारलाई समयमै खबर नगर्नु दुःखदायी विषय हो । जसले गर्दा ठूलो महामारी निम्तिन सक्छ ।

पुलिसको उपस्थिती नै चाहिने हो र ? लकडाउन पालना गर्न हामी आफैं जिम्मेवार हुन सक्दैनौं ? बरु ति प्रहरीलाई सिमा नाकामा पठाउन सकेको भए कोराना यसरी खुलेआम प्रवेश गर्न त पाउँदैन थियो । हामी निकै सचेत छौं । दुनिया बदल्ने कुरा गछौं । तर, आफ्नो दायित्व बिर्सिन्छौं । फलानोले यस्तो ग¥यो भनेर औंला उठाउँछौं । तर, आफुतिर कति औंला तेर्सिए, त्यसको हिसाब राख्न कोही तयार हुँदैनौं । कोरोना भाइरसका बारेमा जानकारी पर्याप्त छ । यसो हुँदा हुँदै पनि विभिन्न बाहानामा बाहीर निस्केर प्रहरीले नियन्त्रण गरेका घट्ना एक दुई होइन, सयौं छन् । समुह बनाई रमाईलो गर्ने बाहानामा जमघट हुनु, जुवातास खेल्नु, पैसा कमाउने लोभमा नजानींदो पाराले जाँडरक्सी ओसारपोसार र बेचबिखन गर्नु आदी विभिन्न क्रियाकलापले हामी आफु मात्र जोखीममा नभई आफ्नो परिवार, छरछिमेक, गाउँटोल र देशलाई समेत माहामारीको जोखीममा पारिरहेका हुन्छौँ ।

कोरोनाले ब्यक्ति, पद र स्तर हेर्दैन । त्यसैले यसबाट जोगिनु भनेकै घरभित्र सुरक्षित साथ रहने हो । घुमफिर, भेटघाट बाँचियो भने गरौंला । बरु घरमै सिर्जनात्मक कार्यहरु गर्दै सामाजिक सञ्जालमा आफन्त, साथीभाई भेटघाट गर्दै बस्न सकिन्छ ।

नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । त्यसकारण अहिलेका लागि सम्पुर्ण कामहरुलाई थाँती राखि आफु र आफ्नो परिवारलाई सुरक्षित बनाउनका लागि घरभित्रै बस्नु नै सबैभन्दा बढी उत्तम हुन्छ । आपत्कालिन अवस्था बाहेक बाहिर ननिस्कन सरकारले अनुरोध गर्दागर्दै पनि धेरैजसो ठाउँमा अनावश्यक रुपमा निस्कने बानिले हाम्रै सुरक्षाका लागि प्रयत्न गरिरहेको सरकारलाई सहयोग होईन उल्टो असहज बनाईरहेका हुन्छौँ । कसैलाई सूचना, सन्देश वा खबर बुझ्न इन्टरनेट र टेलिफोन सुविधाको प्रयोग गरौं । तर, भौतिक रुपमा उपस्थीत भएर गरिने क्रियाकलापले हाम्रो समाज असुरक्षित बन्न सक्छ । त्यसैले लकडाउन पूर्ण पालना गरौं ।

सामाजिक दूरी त कायम गरेको छु नि भनेर उम्कने स्थिती पनि छैन । किनकी सामाजिक दुरी कायम गर्ने भनेको अत्यावश्यक अवस्थामा मात्रै हो । अर्काेकुरा, हामीले प्रयोग गर्ने खानेपानीका बोतल, चिया खाने भाडाकुँडा, शौचालय, कुर्सि टेवल लगायतका सामाग्री प्रयोग गर्दा पनि विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

सम्भव भएसम्म यो माहासंकटका बेला बैठक गर्दा भिडियो कन्फ्रेन्सका माध्यम बाट गर्न सकिन्छ । कसैलाई सहयोग गर्दा पनि टेलिफोनबाट समन्वय गर्दै अति आवश्यक मानिस मात्र निस्कने गर्नुपर्दछ । त्यसकारण यो महासंकटको घडीमा कसैको जिवन जोगाउने पुण्यकार्यमा सहभागी बनौँ तर कसैको जिवन अन्त्यको कारण बनि पापको भागिदार नबनौं ।

(लेखक भण्डारी डँडेलधुराको अमरगढी नगरपालिकाकी उपमेयर हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *