युद्ध–कोरोनाविरुद्ध–१९ः पाँच प्रदेशका पाँच मेयर भन्नुहुन्छ, ‘…बाध्य नबनाईयोस्, यदि नगरवासीको स्वास्थ्यमा आँच आए, हामी चुप लागेर बस्दैनौं’

मेयर खबरदाता

पाँच प्रदेशका पाँच मेयरहरुले नगरवासीको स्वास्थ्य सुरक्षामा कुनै कमि नगरेको बताउनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको १९ औं श्रृंखलामा बोल्दै मेयरहरुले संघीय सरकारले बजेट नदिएको गुनासो गर्दै यदि जटिल अवस्था आए विकास बजेट खर्च गरेर भएपनि स्वास्थ्यमा सम्झौता हुन नसक्ने बताउनुभएको हो ।

मेयरहरुले आफुहरुको पहिलो प्राथमिकता जनता बँचाउने रहेको बताउनुभयो । त्यसैले, अब दोश्रो चरणको राहत वितरणमा लागिरहेको बताउनुभएको छ । राहत वितरण गर्दा असुरक्षित हुने अवस्था बढिरहेको भन्दै आम नगरवासीलाई आवश्यकताका आधारमा राहत लिईदिन पनि मेयरहरुले आग्रह गर्नुभएको छ ।

आजको श्रृंखलामा प्रदेश १ बाट इलाम जिल्लाको इलाम नगरपालिकाका मेयर मेहश बस्नेत, प्रदेश २ बाट बारा जिल्लाको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल, वागमती प्रदेशबाट धादिङ जिल्लाको धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, प्रदेश ५ बाट रोल्पा जिल्लाको रोल्पा नगरपालिकाका मेयर पूर्ण के.सी. र कर्णाली प्रदेशबाट सल्यान जिल्लाको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी रहनुभएको सहजकर्ता शिव अधिकारीले जानकारी दिनुभयो ।

हरेक दिन न्यूज २४ टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको १९ औं श्रृंखलामा पनि आज बुधबार विहान ८ः३० र १०ः३० बजे प्रशारण हुने जनसम्पर्क अधिकृत प्रसन्न ढुंगानाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *