रुपन्देहीमा एक कोरोना संक्रमित भेटिएपछि नगरक्षेत्रमा उच्च सर्तकता

मेयर खबरदाता, रुपन्देही
२२ वैशाख । रुपन्देहीमा एक कोरोना संक्रमित फेला परेपछि सैनामैना नगरपालिकाले थप कडाई गर्दै दक्षिण भेगमा उच्च सर्तकता अपनाएको छ ।
मेयर चित्र बहादुर कार्कीको अध्यक्षतामा आईतबार बसेको विपद् व्यवस्थापन तथा राहत कोषको बैठकले वडा नं ४ स्थित मुर्गिया– लुम्बिनी सडक र वडा नं ७ स्थित कलौनी– लुम्बिनी सडकको दक्षिण नाकामा कडा निगरानी गर्ने निर्णय गरेको हो ।
मुर्गिया– लुम्बिनी र कलौनी– लुम्बिनी सडकबाट भारततर्फबाट आउने व्यक्तिको आवातजावत वढी भएकोले सो निर्णय गरिएको मेयर चित्र बहादुर कार्कीले मेयर खबरलाई जानकारी दिनुभयो ।

लकडाउनको उल्लंघन हुन नदिन नगरपालिकाले वडामा वडाध्यक्षको संयोजकत्वमा, समाजसेवी र प्रहरी सहितको संयुक्त अनुगमन गस्ती टोली गठन गरि तीन सदस्य अनुगमन समिति समेत बनाएको छ ।

बैठकले दैनिक उपभोग्य वस्तुको बिक्री वितरण गर्न विहान ८ बजेदेखि ३ बजेसम्म पसल खुला राख्ने र कृषकलाई चाहिने आवश्यक मल र बिउको प्रबन्ध मिलाउने निर्णय गरेको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेक राज पन्थीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *