नेपालगञ्ज अपडेट : आज ७ थपिए, नेपालगञ्जमा मात्रै २३ संक्रमित

मेयर खबरदाता, बाँके

नेपालगञ्जमा आज विहानै थप ७ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ । नेपालगञ्जको भेरी अस्पतालको प्रयोगशालामा परिक्षण गरिएकाहरुमध्येबाट आज ७ जना थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ भने संक्रमित मध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का २२, ३० र ४० बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, आजै सोही परिक्षणबाट नेपालगञ्ज उपमहानगरको वडा नम्बर ९ का ३२, ३४ र ५५ बर्षीया महिलाहरुमा पनि कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले आज मंगलबार विहान ७ः४५ मा संक्रमित थपिएको पुष्टि गरेको हो ।

संक्रमितको संख्या बढेसँगै बाँकेको सर्वपक्षीय बैठकले बैशाख २५ गतेसम्मका लागि नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

यो पनि पढ्नुस् : नेपालगञ्ज उपमहानगरको एक जना सहित दुईमा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य मन्त्रालयको विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *