नेपालगञ्ज अपडेट : संक्रमित बढेसंगै नेपालगञ्जमा मंगलबारदेखि निषेधाज्ञा जारी

मेयर खबरदाता, बाँके

२३ वैशाख । उपमहानगर क्षेत्रमा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरेको छ । नेपालगञ्जमा मंगलबार सम्म २३ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार बसेको सर्वपक्षीय बैठकले मंगलबार ११ बजेदेखि बिहीबार मध्यराती सम्मका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

यो अवधीमा सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब सङ्कलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङ गर्ने जनशक्ति बाहेक अरुलाई आवागमन र घरबाट निस्कन पूर्णरुपमा रोक लगाइको छ ।

कोरोना भाइरस संक्रमणलाई न्यूनिकरण गर्न र कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब परीक्षणलाई प्रभावकारी बनाउन सर्वदलीय सर्वपक्षीय बैठकले उपमहानगर क्षेत्रलाई नेषेधित क्षेत्र घोषणा गरिएको उपमेयर उमा थापा मगरले मेयर खबरलाई जानकारी दिनुभयो ।

पहिलो संक्रमित व्यक्तिसँग सम्पर्क भएका ९० जनाको स्वाब संकलन गरेर ६० जनाको परीक्षण गर्दा नेपालगञ्जमा २३ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको थियो ।

यो पनि पढ्नुस : नेपालगञ्ज अपडेट : आज ७ थपिए, नेपालगञ्जमा मात्रै २३ संक्रमित

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *