श्रमिकलाई शुक्लागण्डकीले राहतको साटो काम दियो

मेयर खबरदाता, तनहुँ

२३ वैशाख । दैनिक काम नगरी साँझ बिहानको छाक टार्न धौ धौ पर्ने श्रमिकहरुका लागि राहत भन्दा श्रमको खाँचो रहेको भन्दै तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ ले काम दिएको छ ।

कोरोना भाइरस संक्रमण (कोभिड–१९) का कारण मुलुक लकडाउन भएपछि ज्याला मजदुरी गरेर खानेहरु समस्यामा परेको भन्दै वडा कार्यालयले श्रमिकहरुलाई वडाभित्रका योजना, पक्की कच्ची सडकमा नाला निर्माण, मर्मत,सरसफाईसँगै कृषि तथा उत्पादनमुलक क्षेत्रमा काममा लगाउन शुरु गरेको हो ।

लकडाउन लगतै वडाले ज्याला मजदुरी गर्ने ३३८ जना श्रमिकहरुलाई विभिन्न खाद्य सामग्री पनि वितरण गरेको थियो । श्रमिकले काम पाएनौं, घरमा खाद्यान्न पनि छैन भनेपछि सरकारी दररेट अनुसारको पारिश्रमिक दिएर श्रममा लगाईएको वडाध्यक्ष कृष्ण प्रसाद रेग्मीले मेयर खबरलाई जानकारी दिनुभयो । मंगलबारदेखी १८ जना श्रमिक काममा खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *