हरिपुरले ६ हजार ६२ घरधुरीलाई दियो राहत

मेयर खबरदाता, सर्लाही

२३ वैशाख । कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउन गरिएपछि समस्यामा परेका नागरिकहरुलाई सर्लाहीको हरिपुर नगरपालिकाले राहत वितरण गरेको छ । नगरपालिकाले लकडाउनका कारण काम गुमाएका र समस्यामा परेका ६ हजार ६२ घरधुरीलाई प्रति घर १ हजार ४० रुपैयाँ बराबरको विभिन्न खाद्य सामग्री वितरण गरेको मेयर जमिरुदिन मंसुरले जानकारी दिनुभयो ।

लकडाउन पछि श्रमिक तथा विपन्न परिवारहरूलाई दैनिक जीवन निर्वाहमा कठिनाइ नहोस भनेर वडा मार्फत तथ्यांक संकलन गरेपछि नगरपालिकाले ति परिवारलाई राहत वितरण गरेको होे ।

राहत वितरण गर्नु अघि नगरक्षेत्रमा कोरोनाको महामारीबाट बच्ने उपायका वारेमा हरिपुर नगरपालिकाले सचेतनाका कार्यक्रम पनि संचालन गरेको थियो । त्यस बाहेका गरिब र विपन्नलाई नगरले मास्क र सावुन समेत वितरण गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कोरोनाको सन्त्रासपछि १ करोड २५ लाख रुपैयाँको कोरोना भाइरस रोकथाम तथा राहत कोष स्थापना गरेको थियो । नगरपालिकाको कोषमा विभिन्न संघ संस्था तथा व्यक्तीले पनि रकम सहयोग गरेका छन् ।

पहिलो चरणमा राहत लिन छुटेका र लकडाउनले निकै समस्यामा परेका परिवारलाई राहत दिन अहिले नगरपालिकाले लगत संकलन गरिरहेको छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले लकडाउनपछि कामको खोजीमा रहेका नगरका गरिब तथा श्रमिकलाई काममा लगाउने पनि निर्णय गरेको मेयर मंसुरले बताउनुभयो । श्रमिकहरुलाई काम गरे बापत नगरपालिकाले दैनिक ५ सय रुपैयाँ दिने कार्यपालिकाको बैठकले निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *