लकडाउनमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता

मेयर खबरदाता, महोत्तरी

२४ वैशाख । लकडाउनमा समाजिक दूरी कायम गरि महोत्तरीको गौशाला नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, अपांङ्ग, एकल महिला लगायतलाई घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।

एकमहिना भन्दा लामो लकडाउनका कारण लक्षित वर्गले नियमित रुपमा बैंक मार्फत पाउँदै आएको समाजिक सुरक्षा भत्ता रोकिएपछि नगरपालिकाले घरघरमै गएर वितरण गर्न शुरु गरेको हो ।

समाजिक सुरक्षा भत्ता पाउनेहरु लकडाउनपछि आर्थिक समस्या परेको थाहा पाएपछि कर्मचारीले घरमै गएर भत्ता वितरण गरेको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले मेयर खबरलाई जानकारी दिनुभयो । नगरपालिकाले १२ वटै वडामा समाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।

नगरपालिकाले लकडाउनपछि हालसम्म नगरका ८ हजार विपन्न परिवारलाई ३६ लाख बराबरको राहत वितरण गरेको छ । समस्यामा परेका परिवारलाई सूचनाको आधारमा जुनसुकै समयमा पनि नगरपालिका सहयोग गर्ने मेयर महतो बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *