नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको भर्चुअल बैठक सम्पन्न

मेयर खबरदाता, सुदूरपश्चिम प्रदेश

२४ वैशाख । नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको भर्चुअल बैठक बुधवार सम्पन्न भएको छ । संघका सुदूरपश्चिम प्रदेश संयोजक एवं पाटन नगरपालिका प्रमुख केशब बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकमा ९ जना मेयर तथा उपमेयर र संघका कर्मचारीको उपस्थिती रहेको थियो ।

कोरोना संक्रमण नियन्त्रण र यस विचमा भएका अनुुभव तथा असल अभ्यास, नगरपालिकाहरुले सामाना गर्नु परेका चुनौतीहरु तथा प्रदेश र संघ सरकारसँग नगरपालिकाको अपेक्षाका विषयमा बैठक केन्द्रित रहेको संघका प्रदेश व्यवस्थापक झंकर बहादुर कुँवरले मेयर खबरलाई जानकारी दिनुभयो ।

बैठकमा नगरपालिकाहरुले कोरोनाको महामारीपछि गरेका कामका विषयमा मेयर उपमेयहरुविच छलफल भएको र छलफलले विभिन्न विषयमा निर्णय गरेको थियो ।

बैठकले प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउनका लागि अन्य नगरपालिकाहरुको समेत सुुझावहरु समेटी ध्यानाकर्षण पत्र बुुझाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *