आज कपिलवस्तुका दुई यूवामा कोरोना पुष्टि, संक्रमितको संख्या एक सय एक

मेयर खबरदाता, काठमाडौं

२५ बैशाख । आज कपिलवस्तु जिल्लाका दुई जना युवामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुवै संक्रमित कपिलबस्तु नगरपालिका वडा नम्वर ८ का हुन् । उनीहरुको स्वास्थ्य सामान्य रहेको छ । संक्रमित युवकहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने प्रयत्न सुरु भइसकेको पनि मन्त्रालय जनाएको छ ।

नेपालगञ्जमा एउटै परिवारमा १७ जनामा कोरोना देखिएपछि संक्रमितको संख्या ९९ पुगेको थियो । आज कपिलवस्तुमा देखिएका २ युवासहित जम्मा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति :

Leave a Reply

Your email address will not be published. Required fields are marked *