हेटौंडामा ४ सय ३६ जनाको कोरोना परीक्षण, नतिजा नेगेटिभ

मेयर खबरदाता, मकवानपुर
२८ वैशाख । हेटौंडा उपमहानगरपालिकाले कोरोना संक्रमण भए नभएको पत्ता लगाउन आईतबारसम्म ४ सय ३६ जनाको परीक्षण सम्पन्न गरेको छ ।

४ सय ३६ मध्ये ३ सय २१ जानाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधि र १ सय १५ जनाको आईसोलेसन वार्ड मार्फत पि.सि.आर. टेष्ट गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

परीक्षणका क्रममा सबैको रिपोर्ट नेगेटिभ आएको मेयर हरि बहादुर महतले मेयर खबरलाई जानकारी दिनुभयो । उपमहानगरपालिकाका अनुसार हालसम्म आईसोलेसनबाट ९२ जनाले सेवा लिएका छन् भने ८ जना आईसोलेसनमै रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *