संक्रमित भेटिएसँगै बुद्धभूमिमा उच्च सर्तकता

मेयर खबरदाता, कपिलवस्तु

२९ वैशाख । बुद्धभूमि नगरपालिका वडा नम्वर ७ र १० का दुई व्यक्तीमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले ती वडा सहित नगरक्षेत्रमा उच्च सर्तकता अपनाएको छ ।

ती दुई संक्रमित लकडाउनको अवधिमै भारतबाट लुकिछिपी घर फर्किएको थाहा पाएपछि नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । नगरपालिकाले ति व्यक्तीसँग सम्पर्कमा रहेका अन्य व्यक्तीहरुको पनि खोजी गर्न शुरु गरेको र संक्रमित बसेका गाउँलाई शिल गर्ने तयारी भएको मेयर केशव कुमार श्रेष्ठले मेयर खबरलाई जानकारी दिनुभयो ।

तीन दिन अघि नगरपालिकाले क्वारेन्टाइनमा बसेका १२५ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको थियो । परीक्षणका क्रममा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितलाई उपचारका लागि बुटवल स्थित कोरोना विशेष अस्पताल पठाईएको नगरपालिकाले जनाएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका १० जनामध्ये २ जना बुद्धभूमि नगरपालिका र ८ जना यशोधरा गाउँपालिकाका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *