कपिलवस्तुमा संक्रमित बढेपछि सैनामैनाले लियो यस्तो एक्सन

मेयर खबरदाता, रुपन्देही
३० वैशाख । छिमेकी जिल्ला कपिलवस्तुमा कोरोना संक्रमित बढेसँगै सैनामैना नगरपालिकाले लकडाउनलाई थप कडाई गरेकोे छ । नगरको विपद तथा प्रकोप व्यवस्थापन समितिको सोमबार बसेको बैठकले जेष्ठ ५ गतेसम्म नगरपालिका भित्र हुने आवातजावतमा थप कडाई गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले बैंक तथा वित्तीय संस्था र सहकारीलाई पनि आलोपालो गरी सञ्चालन गर्न निर्देशन दिएको छ । अब सैनामैनामा रहेका बैैंकहरुले हप्ताको २ दिन सामाजिक दुरि कायम गरि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मात्र सेवा सञ्चालन गर्नुपर्ने छ ।

नगरपालिकाले बिहान र बेलुकाको समय व्यवस्थापन गर्ने गरी अत्यावश्यक बाहेक निर्माण सामाग्रीका पसल बन्द गर्ने भएको छ । सवारी साधनको सवारी पास अनिवार्य रुपमा जाँच गरी पानी, कृषिजन्य तथा विपद सामाग्री उत्पादन बाहेकका सम्पूर्ण उद्योगलाई तत्कात सञ्चालन गर्न रोक लागाउने निर्णय गरीएको मेयर चित्र बहादुर कार्कीले मेयर खबरलाई जानकारी दिनुभयो ।

लकडाउनको मौका छोपी हुन सक्ने चोरी, तस्करी, वन तथा सार्वजनिक जग्गा अतिक्रमण र गैर कानुनी क्रियाकलापहरुको प्राथमिकताका साथ निगरानी गरी दिन विराएर बजार अनुगमन समते गरिने उपमेयर बिना रानाले बताउनुभयो ।

त्यस्तै सैनामैना नगरपालिकाले भारत तथा तेश्रो मुलुकमा रहेका आफ्ना नगरबासीहरुको तथ्याङ्क समेत संकलन गर्ने भएको छ । रोजगारी तथा अध्ययनको सिलसिलमा विदेशमा रहेका सैनामैना बासीहरुको तथ्याङ्क २ दिन भित्र संकलन गर्न ११ वटै वडामा रहेका १ सय १९ वटा टोल विकास संस्थालाई नगरपालिकाले निर्देशन दिईसकेको छ ।

टोल विकास संस्थाका प्रतिनिधिले घरघरमा पुगि लगत संकलन गर्नेछन् । साथै नगरपालिकाले क्वारेन्टाइनको संख्या थप वा क्षमता बृद्धि गरि पुर्वतयारी अवस्थामा बस्ने मेयर कार्कीले बताउनुभयो ।

One Reply to “कपिलवस्तुमा संक्रमित बढेपछि सैनामैनाले लियो यस्तो एक्सन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *