उपत्यकामा पनि आज भेटिए तीन संक्रमित, कुल २ सय १७ पुग्यो

मेयर खबरदाता, काठमाडौं

३० वैशाख । नेपालका विभिन्न जिल्लामा मंगलबार मात्रै ८३ संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले राती १०ः१५ बजे २६ जना र दिउँसो ५७ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा ५७, महोत्तरी, धनुषामा २/२ जना,  भक्तपुरमा २ जना, काठमाडौंमा १ जना, सर्लाहीमा १ जना, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

१०ः१५ मा स्वास्थ्य मन्त्रालयले अपडेट गरेको विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *