भीरकोटको प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्नेहरुको लर्को

मेयर खबरदाता स्याङ्जा

३१ वैशाख । कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरी भीरकोट नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरि १७ लाख भन्दाबढी संकलन भएको छ । कोरोना माहामारी र लकडाउनका कारण प्रभावित भएका भीरकोटबासीलाई सहयोग गर्न अहिले विभिन्न संघ सस्था तथा व्यक्तिहरु एकजुट भएका छन् ।

लकडाउनले मारमा परेका विपन्न परिवारको समस्यालाई नगरपालिकाले मात्र सामाधान गर्न नसक्ने भएकाले यसमा नगर भित्रका सचेत नागरिकपनि उत्तीकै जिम्मेवार हुनुपर्ने मेयर छायाराम खनालले बताउनुभयो ।

राहत कोषमा सहयोग गर्ने संस्था तथा व्यक्तिलाई नगरपालिकाले धन्यवाद समेत व्यक्त गरेको छ । साथै प्रकोप व्यवस्थापन कोषमा जसले जे सकिन्छ त्यही सहयोग गर्न मेयर खनालले सहयोगी  हातहरुलाई आग्रह समेत गर्नुभएको  छ ।

९ वटै वडामा ज्यालादारी गरी गुजारा गर्दै आएका अति विपन्न १४ सय परिवारलाई नगरपालिकाले दोस्रो चरणको राहत सामग्री समेत वितरण गरिसकेको छ । नगरभित्र कसैले साँझ बिहान खाना खान नपाएको अवस्था छ भने पनि सम्वन्धीत वडाका अध्यक्ष सँग सम्र्पक गर्न मेयर खनालले मेयर खबर मार्फत आग्रह गर्नुभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *