सोलुदूधकुण्ड अपडेट : स्वास्थ्यकर्मी सहित ८२ जनाको स्वास्थ्य बीमा

मेयर खबरदाता, सोलुखुम्वु

३१ वैशाख । सोलुदूधकुण्ड नगरपालिकाले कोरोना विरुद्धको लडाईमा अग्रभागमा खटिने नगरका स्वास्थ्यकर्मी, नगर प्रहरी र कार्यालय सहयोगीको कोरोना बीमा गरिदिएको छ । नगरपालिकाले ५४ जना स्वास्थ्यकर्मी, १८ जना कार्यालय सहयोगी र १० जना नगर प्रहरीको बीमा गरेको हो ।

जोखिम मोलेर कोरोना संक्रमण फैलन नदिन अहोरात्र काम गरिरहेका कर्मचारीहरूको मनोबल बढाउन सोलुदूधकुण्ड नगरपालिकाले बीमा गरिदिएको मेयर नाम्गेल जाङबु शेर्पाले मेयर खबरलाई जानकारी दिनुभयो । कोरोना संक्रमणको जोखिम बढेको बेला नगरपालिकाले नगरपालिकाले आईएमई जनरल इन्स्योरेन्स कम्पनीसँग बीमा सम्झौता गरेको हो ।

कोरोना बीमा गरिदिएपछि स्वास्थ्यकर्मीमा थप हौसला बढेको छ । नगरपालिकाले प्रतिव्यक्ति ६ सय बीमा शुल्क बुझाएर कर्मचारीको बीमा गरिदिएको हो । व्यवस्थित रुपमा कोरोना नियन्त्रणका लागि जनशक्ति परिचालन गरिरहेको सोलुदूधकुण्डले हुन सक्ने जोखिम कम गर्न स्वाथ्यकर्मी, नगर प्रहरी र कार्यालय सहयोगीको विमा गरेको जनाएको छ ।

एकवर्षभित्र कोरोना संक्रमण भएको पाइएमा औषधि उपचार बापत ती कर्मचारीहरुले एक लाख बीमांक रकम पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *