थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१८ पुग्यो

मेयर खबरदाता, बाँके
३१ वैशाख । नेपालगञ्जका ३६ बर्षिया पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधवार दिउँसो प्रेस विज्ञप्ति निकाल्दै मन्त्रालयले यसबारे जानकारी दिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *