वीरेन्द्रनगरका सबै जनप्रतिनिधि र कर्मचारीको कोरोना परीक्षण हुने

मेयर खबरदाता, सुर्खेत

३१ वैशाख । कोरोनाको सम्भावित जोखिम र चुनौतिका कारण वीरेन्द्रनगर नगरपालिकाले कार्यपालिका सदस्य, नगरका कर्मचारी, स्वास्थ्यकर्मी र पत्रकारमा कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर परीक्षण गर्ने भएको छ ।

नगरले ज्येष्ठ १ गते बिहिवार कोरोना विरुद्धको लडाईमा शुरुका दिनदेखिनै खटिएका जनप्रतिनिधि स्वास्थ्य संस्था र हेल्प डेस्कमार्फत सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, कर्मचारी लगायतमा कोरोना परीक्षण गर्न लागेको हो ।

जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा नगरपालिका परिसरमा पीसीआर टेस्ट गर्न थ्रोट स्वाब संकलन गर्ने र परीक्षणका लागि स्वाब प्रदेश अस्पताल वीरेन्द्रनगर पठाईने कार्यवाहक मेयर मोहनमाया ढकालले मेयर खबरलाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *