बारबर्दियामा १२ सय ३६ जनामा परीक्षण, कसैमा देखिएन कोरोना

मेयर खबरदात, बर्दिया
१ जेठ । बारबर्दिया नगरपालिकाले ४० जनामा गरेको स्वाब परिक्षणको नतिजा नेगेटिभ आएको छ । नगरपालिकाले वैशाख २७ गते ४० जना नगरबासीको स्वाब संकलन गरी परीक्षण गर्न काठमाडौं पठाएको थियो ।

परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ देखिएपछि मेयर खबरसँग कुरा गर्दै मेयर दुर्गा बहादुर थारुले भन्नुभयो, ‘बल्ल लामो सास  फेर्न सकियो । कोरोना परीक्षणको नतिजा नआउन्जेल नगरबासीको स्वास्थ्य अवस्था बारे साह्रै चिन्ता थियो अब ढुक्क भएँ ।’

नगरपालिकाले बिहिवारै थप १२ जनामा गरेको र्यापिड परीक्षणमा पनि सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
नगरपालिकाले अलिहे सम्म ११ सय ७६ जनामा र्यापीड परीक्षण गरिसकेको छ भने ६० जनामा पिसीआर विधी मार्फत परीक्षण गरिसकेको छ ।

बारबर्दिया नगरपालिकामा अहिलेसम्म कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *