संक्रमित भित्रिन नदिन मटिहानी नगरले सीमानामा लगायो बेरा

मेयर खबरदाता,महोत्तरी

१ जेठ । भारतमा दैनिक रुपमा कोरोना संक्रमित बढिरहदा मटिहानी नगरपालिकाले शुरुका दिनदेखि नै सीमा क्षेत्रमा सुरक्षा निकायसँग सहकार्य गरी निगरानी बढाएको छ । संक्रमित भारतबाट प्रहरीको आँखा छलेर लुकिछिपी आउने भन्दै सीमा क्षेत्रमा स्थानीय प्रशासनसँग सहकार्य गरि मटिहानी नगरपालिकाले बाँसको बेरा लगाएको छ ।

विपद् व्यवस्थापन समितिले आवश्यक परे सीमामा बाँसको बार लगाउन सकिने निर्णय गरेपछि नगरपालिकाले सीमा क्षेत्र अन्तरगत वडा नम्बर ८ स्थीत गरिबनाथ मन्दिरदेखि देखी जलेश्वर नगरपालिकाको पर्सासम्म २ किलोमिटर क्षेत्रमा बेरा लगाएको हो ।

मटिहानीको सीमा नाकामा गस्ती गर्दै सुरक्षाकर्मी


कोरोनाको संक्रमणबाट आफ्ना नगरबासीलाई सुरक्षित राख्न नेपाल भारत सीमा क्षेत्रमा प्रशासनको सहयोगमा बाँसको बेरा लगाईएको मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले मेयर खबरलाई जानकारी दिनुभयो ।

जिल्लामा पछिल्लो समय संक्रमणको जोखिम बढदै गएपछि नगरपालिकासँगै स्थानीय प्रशासनले पनि सीमा क्षेत्रमा अझ कडाई गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *