दमक नगरपालिकाका कर्मचारीले प्रोत्साहन भत्ता नलिने

मेयर खबरदाता,झापा

२ जेठ । दमक नगरपालिकामा कार्यरत कर्मचारीहरुले बैशाखदेखिको प्रोत्साहन भत्ता नलिने भएका छन् । बिहिबार मेयर रोमनाथ ओली र उपमेयर गीता अधिकारीको उपस्थितिमा नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

नगरपालिकाले कोरोना महामारीको यो बिषम परिस्थितिमा संक्रमण रोकथामका लागि उक्त रकम खर्च गर्ने प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाले मेयर खबरलाई जानकारी दिनुभयो ।

प्रोत्साहन भत्ता लिने कर्मचारीले चैत्र महिनाको भत्ता पनि नगरपालिकाको राहत व्यवस्थापन कोषमा जम्मा गरेका थिए । नगरमा प्रोत्साहन भत्ता लिने कर्मचारी १ सय ३३ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *