मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

युद्ध–कोरोनाविरुद्ध–३५ः पाँच प्रदेशका पाँच उपमेयर, दामासाही बजेट बण्डाले उपललब्धी न्यून
मेयर खबरदाता
पाँच प्रदेशका पाँच उपमेयरहरुले नगरपालिकाको बजेट वडा तहमा बराबर दामासाहीले भागबण्डा गरी विनियोजन गरिदिंदा लक्षित कार्यक्रम र वर्गसम्म बजेटको प्रभाव पुग्न नसकेको बताउनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको ३५ औं श्रृंखलामा बोल्दै उपमेयरहरुले यदि अबको बजेट पनि यसैगरी विनियोजन र खर्च गर्ने हो भने उपलब्धि न्यून हुनेतर्फ सजग गराउनुभएको हो । उहाँहरुले योजना तर्जुमा समितिको संयोजक आफैं रहे पनि योजना अनुरुप बजेट विनियोजन हुन नसकेकोमा दुखेसो समेत गर्नुभएको छ ।
रामेछाप नगरपालिकाकी उपमेयर सिर्जना खड्काले सुख्खाग्रस्त क्षेत्र भएकाले संघीय सरकारले पठाएको कार्यविधि अनुसार सबै नगरवासीलाई राहत वितरण गर्नुपर्ने देखिएको भन्दै नगरवासीलाई राहतको व्यवस्थापन चुनौपूर्ण रहेको बताउनुभएको छ । उहाँले स्रोतको उपलब्धता हेरेर क्रमशः लक्षित वर्गसम्म पुग्ने भन्दै जनताको चुल्होमा आगो बाल्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले राहत दिनुपर्छ भनेर सोचिरहेको त्यही समुदायले उल्टै राहत संकलन गर्न सहयोग गरेकोमा बागमतीका जनतालाई धन्यवाद दिनुभएको छ । यसरी संकलित राहतले २२ हजार भन्दा बढीको चुल्हो बलेको उपमेयर मोक्तानले जानकारी दिनुभयो ।
धनकुटाकी उपमेयर शकुन्तला बस्नेतले जटिलताकाबीच पनि निरन्तरको हाम्रो संघर्ष जारी राखेकाले नगरवासी पनि सन्तुष्ट रहेको दावी गर्नुभयो । उहाँले नगरवासीको स्वास्थ्य र अधिकारमा कहिल्यै सम्झौता नगर्ने समेत बताउनुभयो ।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले तालै तालको नगरको पोखराको मूल आयस्रोत नै पर्यटन भएकाले यतिबेला जटिल परिस्थिती सिर्जना भएको बताउनुभएको छ । पर्यटन क्षेत्रसँग निर्भर निम्न वर्गसम्म नगरपालिकाका पुगिसकेको पनि उपमेयर गुरुङले जानकारी दिनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकाल यतिबेला दोहोरो जिम्मेवारी सम्हालीरहनुभएको छ । मेयर कोरोनाको कारण विदेशमा अड्किएकाले कार्यवाहक मेयरको पनि जिम्मेवारी सम्हालेकि उपमेयर मोहनमाया ढकालले भन्नुभयो, ‘चालु खर्चमा रहेका केही तालिम, गोष्ठी, भक्ता आदिका बजेट रकमान्तर गरेर भएपनि जनतालाई भोकै राखेका छैनौं र राख्दैनौं, तर अब राहतसँगै श्रमलाई जोडेर लैजाने तयारीमा छौं ।’
सबैजसो सहभागी उपमेयरहरुले आगामी बजेट कोरोना युद्ध लड्न सहज हुनेगरी आउनेमा ढुक्क रहन सबैलाई अनुरोध गर्नुभएको छ ।
आजको श्रृंखलामा प्रदेश १ बाट धनकुटा जिल्लाको धनकुटा नगरपालिकाकी उपमेयर शकुन्तला बस्नेत, प्रदेश २ बाट सर्लाही जिल्लाको बागमती नगरपालिकाकी उपमेयर लीला कुमारी मोक्तान, वागमती प्रदेशबाट रामेछाप जिल्लाको रामेछाप नगरपालिकाकी उपमेयर सृजना खड्का, गण्डकी प्रदेशबाट कास्की जिल्लाको पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ् र कर्णाली प्रदेशबाट वीरन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकाल सहभागी रहनुभएको सहजकर्ता शिव अधिकारीले जानकारी दिनुभयो ।
हरेक दिन न्यूज २४ टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको ३५ औं श्रृंखलामा पनि आज शनिबार विहान ८ः३० र राती १० बजे प्रशारण हुने जनसम्पर्क अधिकृत प्रसन्न ढुंगानाले जानकारी दिनुभयो ।