गल्कोटबाट १ सय ९ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाईयो

मेयर खबरदाता, बागलुङ

४ जेठ । गल्कोट नगरपालिकाबाट घर गएका ७९ जना श्रमिक मध्ये १४ जनामा गत मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले उनीहरुको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्न पोखरा पठाएको छ । ति संक्रमित वैशाख ११ गते गल्कोट क्षेत्रवाट बस रिर्जभ गरेर घर गएपछि पर्साको छिपहरमाई गाउँपालिकाले बनाएको क्वारेन्टाईनमा बसेका थिए ।

संक्रमितहरु गल्कोट  नगरपालिकाबाट गएको थाहा भएपछि नगरले आकस्मिक बैठक बसी लकडाउन पूर्ण रुपमा कार्यान्वयन र कन्ट्याक्ट ट्रेसिङ तीव्र पारि उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी गरेको थियो ।

सम्पर्कमा आएका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, बैंक तथा वित्तीय संस्थाका कर्मचारी लगायत १ सय ९ जनाको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला पोखरा पठाइएको मेयर भरत शर्माले मेयर खबरलाई जानकारी दिनुभयो ।

स्वाब संकलन गरिएकाहरुलाई गल्कोट नगरपालिकाले होम क्‍वारेन्टाइनमा राखेको छ । गल्कोट नगरपालिकाले ती ७९ जना श्रमिकलाई राहत समेत वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *