महालक्ष्मीका विभिन्न व्यक्तिमा गरियो कोरोना परीक्षण

मेयर खबरदाता, ललितपुर
४ जेठ । महालक्ष्मी नगरपालिकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा विभिन्न व्यक्तिहरुको कोरोना परीक्षण गरेको छ ।

कोरोनाको उच्च जोखिममा रहेका जिल्लाबाट नगरक्षेत्रमा आएका, विदेशबाट आई होमक्वारेन्टाइनमा बसिरहेका र नगरको फोहोर मैला व्यवस्थापनमा खटिएका श्रमिकहरुको आइतबार इमाडोल हेल्थ पोष्टमा कोरोना भाइरस कोभिड १९ को परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जम्मा २५८ जना व्यक्तिहरुको कोरोना परीक्षण भएको छ जसमध्ये १९१ जना व्यक्तिहरुको आरडिटि परीक्षण र ६७ जनाको पिसिआर पद्धतिबाट कोरोना संक्रमण परीक्षणका लागी थ्रोट स्वाब सङ्कलन गरिएको महालक्ष्मी नगरपालिकाले जनाएको छ ।

आरडिटि परीक्षण गरिएको सबै नमुनाहरुको रिपोर्ट निगेटिभ आएको छ भने संकलित ६७ थ्रोट स्वाब नमुनाहरु परीक्षणका लागि राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकु पठाईएको मेयर रामेश्वर श्रेष्ठले मेयर खबरलाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *