संक्रमित भेटिएसँगै बूढानीलकण्ठमा उच्च सतर्कता

मेयर खबरदाता, काठमाडौं

५ जेठ । बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि नगरपालिकाले सो वडा सहित नगरक्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखिएको छ ।

सर्लाहीको रामनगर घर भएकी ती युवती वैशाख ३० गते आएकी थिईन् । नगरभित्र १ जना कोरोना संक्रमित भेटिएसँगै नगरपालिकाले ती युवतीसँग सम्पर्कमा रहेका अन्य व्यक्तीहरुको पनि खोजी गर्न शुरु गरेको मेयर उद्धव प्रसाद खरेलले मेयर खबरलाई जानकारी दिनुभयो ।

युवतीको सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *