देउमाईको लकडाउन विशेष निर्णय

मेयर खबरदाता, ईलाम
५ जेठ । देउमाई नगरपालिकाले बाहिरबाट आउने कुनै पनि किसिमका सवारी साधनलाई नगरक्षेत्र भित्र प्रवेशमा पूर्ण रुपमा रोक लगाएको छ । नगर कार्यपालिका तथा आपतकालिन समितिको सोमबार बसेको बैठकले यस विषयमा निर्णय गरेको हो ।

देउमाईका मेयर सूर्य प्रसाद पोख्रेलका अनुसार नगरपालिकाले कृषि, खाध्यान्न, दाना तथा निर्माण सामाग्रीहरु नगरपालिका भित्र मात्र बिक्री वितरण तथा ढुवानी गर्ने गरी बेलुका ६ बजेदेखि विहान ६ बजे सम्मको समय छुट्याएको छ ।

बैंक तथा वित्तिय संस्थाहरु संचालन गर्न पनि नगरपालिकाले बिहान १० बजे देखि १ बजेसम्मको समय निर्धारण गरेको छ । साथै संचालनमा आउने बैंक तथा वित्तिय संस्थाले अनिवार्य रुपमा सामाजिक दुरी पालना गर्न र गराउन समेत नगरले सम्बन्धीत निकायलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *