थप ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

सोमबार  थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत यस विषयमा जानकारी दिनुभएको हो ।

यसअघि सोमबार नै रौतहटका ८ र बाराका थप १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकामध्ये हालसम्म  सिन्धुपाल्चोक र बाँकेमा गरी २ जनाको मृत्यु भैसकेको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *