चाँगुनारायण अपडेट : परिक्षण गरिएका ११९ जनाकै रिपोर्ट नेगेटिभ

मेयर खबरदाता, भक्तपुर

चाँगुनारायण नगरपालिकामा गत साता एक जना कोरोना संक्रमित देखिएसँगै परिक्षणलाई तिब्रता दिएको नगरपालिकाले वडा नं. १ मा १ सय १९ जनामा गरेको आरडिटी परिक्षणको परिणाम नेगेटिभ देखिएको छ । गत साता ससस्त्र प्रहरी बल निलबाराही गण दुवाकोटमा कार्यारत एक जना स्थानीय युवामा कोरोना पुष्टि भएपछि चाँगुनारायण नगरपालिकाले सो क्षेत्र सिल गरी कन्ट्याक्ट् ट्रेसिङ्ग गरेको थियो । कोरोना संक्रमण देखिएका युवकका परिवारका सदस्यहरु सबैको रिपोर्ट पनि नेगेटिभ नै देखिएको छ । एक नम्बर वडा अध्यक्ष राजेश खड्का, स्थानीय समाजसेवीलाई साथमा लिएर मेयर सोम मिश्रले नै परिक्षणमा सक्रियता देखाउनुभएको थियो ।

मेयर मिश्रले भन्नुभयो, ‘संक्रमण फैलिन नदिन जुनसुकै परिस्थितीको सामना गर्न तयार छु, उपचारका लागि केएम्सी अस्पताललाई तयारी अवस्थामा राखिएको छ, क्वारेन्टाईनका लागि विद्युत प्राधिकरणको तालिम केन्द्र तयारी अवस्थामा छ, नगरवासीलाई नआत्तिन समेत अनुरोध गर्दछु ।’

चाँगुनारायण नगरपालिका एक नम्बर वडाअध्यक्ष राजेश खड्काले आफ्नो वडा अब सुरक्षित रहेको दावी गर्नुभएको छ । उहाँले परिक्षणलार्य अझै विस्तार गरिने भन्दै अपरिचित वा नयाँ मानिस आफ्नो टोलछिमेकमा देखे तत्काल नगर वा प्रहरीलाई खबर गर्न समेत अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *