महालक्ष्मी अपडेट : एकैदिन २६५ को परिक्षण, आरडिटी परिक्षणको नतिजा सबै नेगेटिभ

मेयर खबरदाता, ललितपुर

महालक्ष्मी नगरपालिकामा एकै दिन २ सय ६५ जनाको कोरोना परिक्षण गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, ललितपुर स्वास्थ्य कार्यालयसँगको साझेदारीमा नगरपालिकाले रेड जोनमा परेका जिल्लाहरुबाट आएका, विदेशबाट फर्किएर क्वारेन्टाइनमा बसिरहेका, फोहोर व्यवस्थापनमा खटिएका श्रमिक लगायतका आरडिटी र पिसिआर गरी जम्मा २ सय ६५ जना व्यक्तिहरुको कोरोना परीक्षण गरिएको छ ।

आरडिटी पद्धतिबाट कोरोना संक्रमण परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जानकारी दिएको छ । पिसिआर परिक्षण गरिएका ९२ जनाको संकलित थ्रोट स्वाब नमुना राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकु पठाईएको मेयर रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

परिक्षणका क्रममा बागमती प्रदेस मामिला समितिका सभापति एवं प्रदेश सभा सदस्य माधव प्रसाद पौडेल, मेयर रामेश्वर श्रेष्ठ, उपमेयर निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, वडा अध्यक्षहरु, जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । परिक्षणलाई निरन्तरता दिईने मेयर श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *