कोरोनाविरुद्धको युद्धमा खटिने पाँचखालका कर्मचारी नै संक्रमित, पनौतीमा संक्रमित भनिएको हल्ला निराधार

मेयर खबरदाता, काभ्रेपलाञ्चोक

पनौती नगरपालिकामा सोमबार र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षण गरिएका १ सय १० जनाकोमध्ये केहिको बोर्डर लाईनमा देखिए पनि पोजेटिभ पुष्टि नभएको मेयर भिम न्यौपानेले मेयर खबरलाई बताउनुभएको छ । केहि सञ्चारमाध्यमले पनौतीमा ७ जना जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा पोजेटिभ देखियो भनेर प्रकाशित गरेको खबरप्रति चासो राख्दा मेयर भिम न्यौपानेले भन्नुभयो, ‘बोर्डर लाईनमा देखिएको मात्रै हो, पोजेटिभ होइन, उहाँहरुको स्वाब पठाईएको छ, रिपोर्ट नआउन्जेल क्वारेन्टाईनमा राखिएको छ, त्यो समाचार गलत हो ।’

पाँचखालका कर्मचारी संक्रमित

पाँचखाल नगरपालिकाका २ जनामा भने आरडीटी परिक्षण गर्दा नतिजा पोजिटिभ देखिएको छ। पाँचखालका कर्मचारी वडा नं. ४ का ४८ वर्षीया महिला र सोही वडाका २६ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो। सबै क्वारेन्टाइनमा आरडीटी गर्दा नतिजा पोजिटिभ देखिएपछि सबै जनालाई क्वारेन्टाइनमा राखिएको छ। मेयर महेश खरेलले भन्नुभयो, ‘सोमबार ४३ जनाको परिक्षण गरिएको छ र आज पनि जारी छ, हामी बेलुकीसम्म एक सय जना भन्दा बढीको परिक्षण गराउँछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *