पनौती अपडेट : संक्रमणको आशंका गरिएका ७ जनाकै रिपोर्ट नेगेटिभ, क्वारेन्टाईनबाट घरघरमा पुर्याउँदै मेयर न्यौपाने

मेयर खबरदाता, काभ्रेपलाञ्चोक

पनौती नगरपालिकामा सोमबार र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षण गरिएका १ सय १० जनामध्ये मध्ये बोर्डर लाईनमा देखिएपछि क्वारेन्टाईनमा राखिएका सातै जनाको रिपोर्ट नेगेटिभ आएको छ । पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले मेयर खबरसँग भन्नुभयो, ‘हिजै संक्रमण छैन भन्ने त लागेको थियो, तरपनि स्वाब टेष्ट गर्न पठाएका थियौं, सबैको नेगेटिभ आयो ।’

आज विहानैदेखि केहि सञ्चारमाध्यमले पनौतीमा ७ जना जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा पोजेटिभ देखियो भनेर प्रकाशित गरेको खबरप्रति चासो राख्दै मेयर खबरले निरन्तर फलोअप गरिरहेको थियो । विहानै मेयर भिम न्यौपानेले कोरोना संक्रमण पुष्टि नभएको तर बोर्डर लाईनमा रहेकाले स्वाब टेष्ट गर्न पठाइएको मेयर खबरलाई जानकारी दिनुभएको थियो ।

क्वारेन्टाईनमा रहेकालाई घरघरमा पु्याउँदै मेयर न्यौपाने

बेलुकी ७ बजे परिक्षणको रिपोर्ट नेगेटिभ आएसँगै क्वारैन्टाईनमा राखिएका सातै जनालाई घरघरमा जाने व्यवस्था नगरले गर्दैछ । मेयर भिम न्यौपाने आफैं क्वारेन्टाईनस्थल खोपासीतर्फ जाँदै हुनुहुन्छ ।

मेयर न्यौपानेले मेयर खबरसँग भन्नुभयो, ‘रिपार्ट नेगेटिभ आएको सूचना पनि दिउँ र उहाँहरुलाई घरघरमा छोडिदिउँ भनेर म खोपासीतिर जाँदैछु ।’

मेयर न्यौपानले आधिकारिक सूचनालाई मात्रै विश्वास गरिदिन नगरवासीलाई अनुरोध समेत गर्नुभएको छ । फेसबुक र सामाजिक सञ्जालमा लेखिएका विवरण भन्दा नगरपालिकाको आधिकारिक सूचनाका लागि वेभसाईट वा नगरको फेसबुक वा नगर जनप्रतिनिधि र कर्मचारीसँग जानकारी लिन पनि सम्पूर्ण नगरवासीलाई मेयर न्यौपानेले आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *