झापाको एउटै गाउँमा एकै दिन १५ जना संक्रमित, धनकुटा र सुनसरीमा पनि एक/एक जना भेटिए, कूल संक्रमित ४४४

मेयर खबरदाता, काठमाडौं

बुधबार थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । झापा, धनकुटा र सुनसरीमा १७ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार झापाको कचनकवल गाउँपालिकाको वडा नं. ३, ६ र ८ का १५ जनामा संक्रमित पुष्टि भएको हो । त्यस्तै, धनकुटा र सुनसरीमा १/१ जना संक्रमित फेला परेका छन् ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणबाट कोरोना पुष्टि भएको जनाईएको छ ।

योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *