कीर्तिपुरका ९ जनामा आरडिटि पोजेटिभ, नगरपालिका पिसिआर रिपोर्टको पर्खाइमा

मेयर खबरदाता, काठमाडौं
८ जेठ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी अग्रभागमा खटिँदै आएका कीर्तिपुरका स्वास्थ्यकर्मी, सफाईकर्मी, कर्मचारी तथा जनप्रतिनिधिको कोरोना परिक्षण गरिएको छ । कीर्तिपुर नगरपालिकाले हालसम्म ३५६ जनाको परीक्षण गरिसकेको छ । जसमा २०५ को आरडिटि र १५१ को पिसिआर विधि मार्फत परीक्षण गरिएको नगरपालिकाकी उपमेयर एवंं  प्रवक्ता सरस्वती खड्काले मेयर खबरलाई जानकारी  दिनुभयो ।

तीन चरणमा भएको परीक्षणमा नगरपालिकाले जेठ ५ गते नगरको सरसफाईमा खटिने ६९ जना सफाईकर्मीको आरडिटि र २८ जनाको पिसिआर र २८ जनाको दुबै विधि मार्फत परीक्षण गरेको थियो । परिक्षणमा ४ जनाको आरडिटि पोजेटिभ देखिएको थियो ।

आरडिटि परीक्षणकोलागी रगतको नमूना लिँदै


त्यस्तै जेठ ६ गते कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी ९५ जनको परिक्षण गरिएको थियो । जसमा पनि ५ जनमा आरडिटि पोजेटिभ देखिएको थियो । त्यसै गरि ७ गते बुधवार गरिएको परीक्षणमा जनप्रतिनिधि, स्वास्थ्यकार्मी र कर्मचारी गरी १७४ जनामा आरडिटि र पिसिआर विधि मार्फत परीक्षण भएको उपमेयर खड्काले बताउनुभयो ।

पिसिआर परीक्षणकालागी स्वाब संकलन गरिँदै


आरडिटि पोजेटिभ देखिएका ९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ भने उनीहरुलाई अहिले स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनमा राखीएको छ ।

साथै ती ९ जना सहित १५१ जनाको पिसिआर रिपोर्ट  चाँडै आउने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *