उपत्यका ‘लक’

मेयर खबरदाता, काठमाडौं

उपत्यकाको नाकाबाट आवतजावत बढ्न थालेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका सबै नाका सिल गरेको छ। गृह मन्त्रालयले निर्णयबारे उपत्यकाभित्रका सम्पूर्ण स्थानीय सरकारलाई परिपत्र गरेको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले गरेको छ बुँदे निर्णय कार्यान्वयन गर्न परिपत्र गरेको हो ।

बैठकले अत्यावश्यक कामबाहेक उपत्यका प्रवेशमा रोक लगाउन निर्देश गरेको छ । गृहको परिपत्रमा भनिएको छ, ‘कोरोनाको जोखिम देखिँदा अत्यावश्यक काममा बाहेक उपत्यका प्रवेश निषेध गर्ने। आगागमनको स्रोतमै रोक्ने ।’ गृहको निर्णय अनुसार उपत्यका प्रवेशका सबै नाका अत्यावश्यक प्रयोजनबाहेक पूर्णरूपमा सिल गर्ने भन्ने रहेको छ । ‘उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेशपूर्व नै आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडिटी परीक्षण गरी सोको रिपोर्ट साथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्ने,’ पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै गृह मन्त्रालयले लुकीछिपी प्रवेश गर्ने जोकोहीलाई पनि खोजी खोजी कारबाही गर्न स्थानीय तहलाई भनेको छ ।
उपत्यकाभित्रका नगरपालिकाहरुको साझा मञ्च उपत्यका नगरपालिका फोरमले यसअघि नै उपत्यका सिल गर्ने निर्णय गरेको थियो । फोरमको निर्णय लगत्तै गृहमन्त्रीस्तरीय बैठक बसेको थियो । गत जेठ १ गते बसेको बैठकमा पनि काठमाडौं र ललितपुर महानगरसहितका मेयरहरुको सहभागितामा निर्णय भएको हो ।

गृहको कार्यान्वयनार्थ जारी गरिएको पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *