बेलबारीका कृषकलाई व्यवसायीक बनाउन फलफुलका बिरुवा

मेयर खबरदाता, मोरङ
९ जेठ । बेलबारी नगरपालिकाले कृषकहरुलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्ने उदेश्यका साथ मेवा, केरा, सजिउन, कागती तगायतका बिरुवाहरु वितरण गरेको छ । नगरपालिकाले इच्छुक कृषकहलाई निशुल्क रुपमा ती बिरुवा वितरण गरेको हो ।एक वडा एक उत्पादनमा जोड दिएको बेलबारी नगरपालिकाले कृषकहरुलागि कलमी प्रविधिबाट उत्पादन भएका बिरुवाहरु वितरण गरेको मेयर ज्ञानेन्द्र सुवेदीले मेयर खबरलाई जानकारी दिनुभयो ।

नगरपालिकाले कृषकहरुलाई ४ हजार ६ सय मेवा, ८ हजार केराका विरुवा वितरण गरेको छ भने १ हजार १ सय कागति र १५ सय सजिउनका बिरुवा वितरण गरेको छ । कलमी प्रविधिबाट उत्पादन भएका बिरुवाहरुले उत्पादन राम्रो दिने तथा लामो समय सम्म टिक्ने भएकाले यस्ता बिरुवाहरु कृषकलाई वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

१३ बिगाहा क्षेत्रफलमा खेति गर्न सकिने गरी नगरपालिकाले १५ हजार २ सय भन्दा बढि कृषकहरुलाई बिरुवा वितरण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *