भारतबाट आउनेको संख्या बढेसँगै तुलसीपुरमा क्वारेन्टाइनको क्षमता बढाइँदै

मेयर खबरदाता, दाङ
तुलसीपुर । भारतबाट आउने नेपालीको संख्या वढेसँगै तुलसीपुर उपमहानगरपालिकाले क्वारेन्टाइनको क्षमता बढाउने कामलाई तिव्रता दिएको छ । १ सय बेडको क्वारेन्टाइन निर्माण गरेर काम अगाढि वढाएको उपमहानगरपालिकाले विभिन्न ठाउँमा क्वारेन्टाइन निर्माण गर्न थालेको छ ।

५ ठाउँमा थप क्वारेन्टाइन बनाईसकेको उनमहानगरले अन्य ठाउँमा बनाउने तयारी गरिरहेको मेयर घनश्याम पाण्डेले मेयर खबरलाई जानकारी दिनुभयो । मेयर पाण्डेले तत्कालका लागि ३ सय ५० बेडको क्वारेन्टाइन तयार भइसकेको बताउनुभयो ।

रक्षाचौरमा १ सय, मावि कालाखोलामा ५०, राप्ती लाइफ केयर कलेजमा ५०, माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा ५० र अमर मावि उरहरीमा १ सय वेड निर्माण भइसकेको छ ।

भारतबाट आउने संख्यालाई आँकलन गदै उपमहानगरपालिकाले २ हजार बेडको क्वारेन्टाइन निर्माणको तयारी थालेको छ ।

तुलसीपुरमा हाल १ सय ३३ जना क्वारेन्टाइनमा रहेका छन् । जसमा भारतबाट आएका १ सय २ जना छन् भने अन्य फरक जिल्लाबाट आएका छन् ।

उपमहानगरपालिकाले भारतबाट आउनेलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका क्वारेन्टाइनमा रहेका ९३ जनाको पिसिआर टेस्ट भैसकेको र परीक्षण भएका सबैको रिपोर्ट नेगेटिभ आएको तुलसीपुर उपमहानगरपालकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *