लकडाउनको पूर्णपालना गर्न भरतपुर महानगरपालिकाको आग्रह

मेयर खबरदाता, चितवत
९ जेठ । भरतपुर महानगरपालिकाको वडा नं. ६ मा दुई जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि महानगरले थप सतर्कता अपनाएको छ । कोरोना संक्रमित भेटिएपछि महानगरबासीलाई संयमित भएर घरभित्र बस्न र लकडाउनको पूर्णपालना गर्न भरतपुर महानगरपालिकाले आग्रह गरेको हो ।

महानगरपालिकाले एक सूचना जारी गर्दै आफ्नो क्षेत्रमा संक्रमित भेटिएपछि पसल तथा व्यवसाय गर्नेहरुले पनि स्थानीय प्रशासनले तोकेको निश्चित समयसम्म मात्रै पसल सञ्चालन गर्न अनुरोध गरेको छ ।

महानगरपालिकाको सबै वडामा न्युनतम १० बेडको क्वारेन्टाइन स्थापना भइसकेकोले विदेश तथा बाहिरी जिल्लाबाट आएका कोही भएमा क्वारेन्टाइनमा बसेर आफू र समाजप्रतिको दायित्व पूरा गरिदिन भरतपुर महानगरपालिकाले सबैमा अपिल गरेको छ । शुक्रबार भेटिएका दुई संक्रमित भारतबाट आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *