क्वारेन्टाइन बसाईलाई सहज बनाउन योग सिकाउँदै वालिङ

मेयर खबरदाता, स्याङजा
११ जेठ । वालिङ नगरपालिकाले क्वारेन्टाइन बसाईलाई सहज बनाउन क्वारेन्टिनमा बस्ने व्यक्तिहरुलाई दैनिक रुपमा योग अभ्यास गराउन सुरु गरेकोे छ । पतञ्जलि योग समिति वालिङकाको सहयोगमा वालिङले योग अभ्यास गराउने कार्यको थालनी गरेको हो ।

कोरोनाको त्रास र सामाजले गर्न सक्ने नकरात्मक व्यवहारमा परिवर्तन ल्याउन योगले केही हदसम्म भएपनि सहयोग गर्ने विश्वास लिईएको छ । योगाभ्यास मार्फत आवश्यक मनोसामाजिक परामर्श पनि दिईने गरिएकाले यसले क्वारेन्टाइन बसाईलाई पनि सहज बनाउ मद्दत गर्नेे दिलीपप्रताप खाँणले मेयर खबरलाई बताउनुभयो ।

वालिङ खेलमैदानमा योग अभ्यास गर्दै


नेपालका विभिन्न जिल्ला तथा भारतबाट आएका वालिङका बासिन्दालाई मानसिक रुपमा पीडा हुन नदिन र शारीरिक रुपमा पनि स्वास्थ्य बनाउनका लागि योगाभ्यासको थालनी गरेको हो । कोठाभित्र मात्रै बसिरहँदा मानसिक चिन्ता बढ्ने भएकाले योगका माध्यमबाट क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई भयमुक्त बनाउन यस किसीमको प्रयास सकरात्मक र सन्देश मूलक हुने नगरपालिकाले जनाएको छ ।

देशका विभिन्न स्थानमा क्वारेन्टिनबाट मानिसहरु भाग्ने क्रम बढिरहँदा वालिङ नगरपालिकाले गरेको यस किसीमको प्रयास साँच्चैनै सरहानीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *