भिरकोट अपेडट : ‘बित्तामा कोदो, एकहातमा धान, डोको छिर्ने मकै’

चुत्र महत/मेयर खबर, स्याङजा

भिरकोट नगरपालिकाका मेयर छायाराम खनालले एक घर एक करेसाबारी अभियान सफल बन्दै गएको बताउनुभएको छ । स्थानीय उत्पादन बढेको भन्दै अब निर्यात गर्न नगर तयार भईसकेको जानकारी दिनुभयो । मेयर खनालले भन्नुभयो, ‘भीरकोटमा कृषिजन्य उत्पादनहरु पालिकालाई पुगेर समेत बाहिर निर्यात गर्न तयार छ, अब लकडाउन खुल्नसाथ कृषिउपज निर्यात गर्न हामी आतुर छौं ।’

बित्तामा कोदो, एकहातमा धान, डोको छिर्ने मकै भन्ने भनाईलाई अनुशरण गर्नुपर्ने भन्दै मेयर खनालले अत्यावश्यक कृषि औजार अनुदानमा वितरण गरी कृषिउपज बजारीकरणको जिम्मा नगरपालिकाले लिने बताउनुभयो ।

यसैबीच नगर र कृषि ज्ञान केन्द्रको संयुक्त प्रयत्नबाट २८ हप्ता अगाडि सुरु भएको कृषक पाठशाला समापन मेयर खनालले गर्नुभएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रप्रसाद पौडेल, वडा अध्यक्ष बाबुराम श्रेष्ठ, कृषिप्रसार अधिकृत ईश्वरीप्रसाद अर्याल, प्रशिक्षक ढाँसीराम अर्याल, विष्णुप्रसाद काफ्ले, डम्मरबहादुर मल्ल लगायतले कृषकलाई ज्ञान, शिप दिनसके परिणाम उत्पादनमा देख्न सकिने बताउनभयो ।

पाठशालाका अध्यक्ष लोकबहादुर खत्रिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राधा केसी खड्का र स्वागत थमनबहादुर कार्कीले गर्नुभएको थियो । पाठशाला सञ्चालन अवधिभरको आय नगरपालिकाबाट १ लाख ५० हजार, तरकारी विक्रिबाट १९ हजार २ सय र व्याय ७२ हजार ७ सय ७७ रहेको छ । सहभागिहरुले कृषिको वास्तविकता बल्ल बुझेको, रोग किरा व्यवस्थापनको बारेमा जानकारी प्राप्त भएको , सत्रुजिव र मित्रुजिवको बारेमा जानकारी भएको, कृषिउपजको नगरपालिकाले बजारीकरण गरिदिनुपर्ने प्रतिक्रिया दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *