कोरोनाविरुद्ध युद्धरत मेयर सोम मिश्रको बयान

सोम प्रसाद मिश्र

राजनीतिको प्रारम्भिक र अन्तिम उद्देश्य एउटै हो, सेवा । म आज जुन स्थानमा छु, ४० बर्षको राजनितिक इतिहासमा मैले यो पदको अपेक्षा कहिल्यै गरेकै थिईनँ । उद्देश्य नराखिएको र अनुमान समेत नगरिएको नगरपालिका प्रमुखको जिम्मेवारी यतिबेला सम्हालिरहेको छु । हामी राजनितिक कार्यकर्ताले कहिले कस्तो जिम्मवारी बहन गर्नु पर्ने हो अनुमान हुनै सक्दैन । यसभित्रका अन्र्तयतर्फ नलागौं ।

नेतृत्वकर्तालाई सहज अवस्था कहिल्यै हुँदो रहेनछ । जटिलताका स्वरुपमा फरकपना मात्रै हुने रहेछ । मुलुकमा २० बर्ष देखी निर्वाचन हुन नसकेको तत्कालिन स्थानीय निकाय संघीयतापछि तहमा रुपान्तरिक भएपछि निर्वाचन भयो । ‘चल्ते–चलाते’ हिसावले स्थानीय निकायहरु संचालन भएका थिए । जनप्रतिनिध नभएको कारण जनताले आफ्ना आवश्यकता, समस्या र मागहरु खासै उठाएनन् र उठाइएका विषयहरु समेत सम्बोधन हुन सकेनन् । त्यसैले पनि होला, स्थानिय तहको निर्वाचन २०७४ मा देखिएको जनताको उत्साह ।

जनउत्साह र अपेक्षाबीच हामी नगरपालिका सम्हाल्न आईपुग्यौं । पहिलेदेखिकै थुप्रिएका अपेक्षामाथी हामीले पुनः जनअपेक्षा बढाउने काम गर्यौं । तर, हामीले के बुझ्न सकेनौं भने हामी नयाँ संरचनामा जाँदैछौं । त्यहाँ बाटो छैन, आफैंले खन्नुपर्नेछ । त्यहाँ नियम छैन, नीति छैन, कानून छैन, काम गर्नेहरु छैनन् । यि सबै आफैंले व्यवस्थापन गर्नुछ भन्ने कुरा ख्याल गर्न सकेनौं ।

‘मेरा जनप्रतिनिधिले गरेनन्’ भनेर आउने जनताको आवाजमा हामीले बाँडेका अपेक्षा मिश्रित ध्वनी गुञ्जिएको महसुस गर्छु । किनकी हामीले सक्ने भन्दा बढी बोलेका छौं । यसमा जनताको कुनै दोष छैन । जनअपेक्षा र हाम्रो क्षमतालाई वैज्ञानिक ढंगले हेर्न सक्नेहरुले आफुलाई उतारे, नसक्नेहरुले पछारे । फरक यत्ति हो ।

ठ्याक्कै आँखाले देखेपछि मात्रै भएछ वा गरेछ भन्ने हाम्रो बानी छ । यो संस्कारै हो, जनतालाई के दोष ? त्यसैले, पहिलो बर्ष जग बनायौं, दोश्रो बर्ष डिपीसी गर्यौं, तेस्रो बर्ष संरचना ठडिएपछि जनताको स्यावासी पाउने अपेक्षासहित अहोरात्र खटिरहेका थियौं । तर यहि बीचमा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड – १९ (कोरोना भाइरस) को आतंक सुरु भयो । यसपछि त हाम्रा सम्पूर्ण विकास तथा आर्थिक सामाजिक रुपान्तरणका प्रयासहरु ठप्प भए । सम्पूर्ण शक्ति कोरोनाविरुद्धको युद्धमा केन्द्रित भयो र भईरहेकै छ ।

के गर्यो त चाँगुनारायणले ?

‘जनतालाई भन्नुपर्छ, बढि भन्दा बढी सूचना दिनुपर्छ, राम्रा प्रयास मात्र होइन, असहजता पनि भन्नुपर्छ’ भन्ने हाम्रो मान्यता हो । त्यसैले जनताका विकासका सपनाका चाङ्लाई थाँती राख्दै जनतालाई सुरक्षित बनाउने पहिलो अभिभारा ठान्दै हामी होमियौं, कोरोविरुद्धको महायुद्धमा ।

कोरोना अस्पताल 

नगरपालिकाको प्रस्ताव र पहलमा नेपाल सरकाबाट भएको निर्णयसँगै दुवाकोटमा रहेको केएम्सी अस्पताललाई कोभिड अस्पतालका रुपमा विकास गरियो । यसका लागि मेडिकल कलेज, जिल्ला प्रकोप व्यवस्थापन केन्द्र, नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले पुर्याएको सहयोगप्रति नगरवासीकोतर्फबाट धन्यवाद दिन चाहन्छु । योसँगै नगरपालिकाले खरिद गरी स्यापल कलेक्शन बुथ व्यवस्था गरेका छौं ।

जनचेतना

कोरोना संक्रमण जोखिम नियन्त्रण्को लागि आव्हन गरेको लकडाउनको पूर्णपालना एवं कोरोना संक्रमण जोखिम नियन्त्रणको लागि नगरले माइकिङ्क, ब्रोसर र अन्य माध्यमहरुबाट जनचेतनामूलक सन्देश प्रशारण नगरभित्र व्ययापकताका साथ गरिएको छ ।

निर्मलिकरण

कोेरोना संक्रमण जोखिम नियन्त्रणको लागि नगरको मुख्य बस्ती सडकहरुमा निर्मलीकरण गरिएको छ । नगरमा रहेका सबै स्वास्थ्य संस्थाहरु, वडा कार्यालयहरु, नगरपालिका कार्यालय कोरोना संक्रमण जोखिम नियन्त्रण गर्न सेवाग्रहीका लागि समेत साबुन पानिले हात धुने र सेनिटाइजर प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

नवआगन्तुकको व्यवस्थापन

हालसालै यस नगरभित्र रहेका बैदैशिक भ्रमण गरी र्फकिएका १०८ जना नागरिकहरुको विवरण तयार गरी ६५ जनको पिसिआर प्रविधिबाट, ४३ को आरडिटि प्रविधिबाट भक्तपुर जिल्ला अस्पतालमा कोरोना संक्रमण परिक्षण गरिएको छ । त्यसैगरी, पेप्सीकोला, सनसिटिमा कार्यरत १० जना चाँगुनारायणबासीहरुमा आरडिटि प्रविधि मार्फत परिक्षण गराइसकिएको छ । यसरी सुरुवाती अवस्थामा जम्मा ११८ जनाको कोरोना परिक्षण गरिएकोमा सबैको नेगेटिभ रिर्पोट आएको छ । त्यसैगरी, वडा नं. १ का १ सय १९ जना नगरवासी, ९२ जना नगरभरीका सफाई मजदुर एवं सुरक्षाकर्मीहरुको आरडिटि परिक्षण गरिएको छ । त्यस्तै, कोरोनाको शंका लागेका जोकोही जतिसुकैबेला पनि वडा नं. ४ मा रहेको चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्रमा गएर परिक्षण गराउन सक्ने व्यवस्था मिलाइएको छ ।

बलिया स्वास्थ्य संस्था

कोरोना संक्रमण जोखिम नियन्त्रणका लागि नगर कार्यपालिकाले सबै स्वास्थ्य संस्थाहरुमा तत्काल आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्री (पि.पि.ई.), सेनिटाइजर, मास्क, पन्जा लगायत आवश्यक औषधीहरु उपलब्ध गराईएको छ । साथै, नगरपालिकाको एउटा एम्बुलेन्सलाई कोभिड–१९ को लागि ‘डेडिकेटेड एम्बुलेन्स’को रुपमा विकास गरी सञ्चालनमा ल्याएको छ । हाल उक्त एम्बुलेन्सले कोरोनाको जोखिममा रहनुभएका वा कोरोना आशंकित बिरामीहरुलाई निःशूल्क सेवा दिइरहेको छ ।

किसानका मर्का फुकाउँदै

नेपाल सरकारले कोरोना संक्रमण जोखिम नियन्त्रण्को लागि आव्हन गरेको लकडाउनको कारण नगर क्षेत्रमा रहेका किसानहरुलाई बजारबाट बिउ बिजन खरिद गर्न कठिनाई भएकोले र यो समय किसानहरुको मकै, धान, भटमास, कोदो, फापर जस्ता कृषि सामाग्री रोप्ने÷छर्ने बेला भएकाले नगरपालिकाले कृषि प्रसार शाखा मार्फत कृषका आवश्यकता पुर्ती गर्ने कार्य गरेको छ । जसमा मनकामना ३ मकैको बिऊ १ हजार ८० किलो, खुमल १० धानको बिऊ – ८ हजार किलो, टाइचिन २४२ धानको बिऊ २ हजार किलो खरिद गरी ५०% अनुदानमा तत्काल वडास्तरबाट वितरणको व्यवस्था मिलाइएको छ । आवश्यक थप परिमाण ल्याउन पहल भईरहेको छ । साथै ६०० किलो भटमासको बिऊ तथा कोदो र फापरको बिऊ दुई÷दुई सय किलो वितरण गरिएको छ ।

कोषको स्थापना, सहयोग र परिचालन

कोभिड–१९को वर्तमान महामारीसँग जुध््न नगरपालिकाले एउटा छुटै ‘कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापन कोष’को स्थापना गरेको छ । २ करोड ५० लाख रकम पुर्याउने लक्ष्य रहेको उक्त कोषमा हालसम्म २ करोड १२ लाख ४० हजार जम्मा भइसकेको छ ।

कोषमा जनप्रतिनिधि सबैले आफुले पाउँदै आएको सम्पूर्ण सेवा सुविधा वापतको २ महिनाको रकम जम्मा गर्दा १४ लाख ४० हजार कोषमा जम्मा हुन पुगेको छ ।

नगरपालिको संक्षित कोषबाट ३० लाख, महिला, दलित, जनजाती तथा बालबालिका लक्षित कार्यक्रमको खर्च हुन बाँकी रकमलाई रकमान्तर गरिएको रकम ९५ लाख, नगरपालिकाबाट सेवा परामर्श शिषर्कबाट रकमान्तर गरिएको ५० लाख, बागमति प्रदेश सरकारबाट प्राप्त १२ लाख र विभिन्न संघ/संस्था तथा सहकारी संस्थाहरुबाट सहयोग स्वरुप प्राप्त भएको ११ लाख रहेको छ ।

करिब २२ हजारलाई राहत वितरण

नेपाल सरकारद्धारा कोरोना संक्रमण जोखिम नियन्त्रणको लागि आव्हान भएको लकडाउनको कारण दैनिक गुजारा चलाउन असहज भएका मजदुर तथा अति विपन्न परिवारहरुलाई राहत उपलब्ध गराइएको छ । राहत प्राप्त गर्ने ४ हजार ४ सय ८९ परिवार मध्ये १२ सय ९१ स्थानीयबासी, ३ हजार १ सय ४७ देशका विभिन्न भूगोलबाट निजि आवास तथा अन्य विभिन्न परियोजनामा काम गर्ने श्रमिक वर्ग तथा ५१ भारतीय परिवार रहेका छन् । यसरी करिब २१ हजार १ सय ३४ जनालाई वितरण गरिएको प्रथम चरणको राहत वापत ६८ लाख ३८ हजार ९ सय १५ रुपैयाँ खर्च भएको छ । योसँगै औषधी, स्वास्थ्य सामाग्री, बिउ बिजन लगायतको व्यवस्थापनमा हालसम्म करिब ८० लाख खर्च भएको छ ।

अबको राहत– खाद्यान्नको लागि रोजगार

नगरपालिकाले ६८ लाख भन्दा बढी खर्च गरी राहत वितरण गर्दा पनि राहत माग गर्नेको संख्या पहिले भन्दा दोब्बर भएको र नगरलाई उक्त अनुत्पादक क्षेत्रमा खर्च गर्न कठिनाई भएको छ । तर, यो हाम्रो दायित्व हो । त्यसैले, गत बैशाख १५ गते नगर कार्यपालिकाको ६९ औँ बठैकबाट “खाद्यान्नको लागि रोजगार” कार्यक्रम लागु गर्ने निर्णय गरेको छ । यसअन्तर्गत लकडाउनको कारण रोजिरोटि गुमाउने प्रत्येक परिवारका एक सदस्यले यस कार्यक्रम मार्फत हप्ताको २ दिन स्विकृत जिल्ला दररेट बमोजिम न्यूनत्तम दैनिक ८१० रुपैया पारिश्रमिक प्राप्त गर्ने छन् । यसअन्तर्गत हालसम्म ३ हजार भन्दा बढीको सहभागिता भइसकेको छ । यसरी श्रम गरेरै आफ्ना दैनिक आवश्यकता पुर्ती गर्न पाउँदा उहाँहरुले गर्वको महसुस भएको बताउनुभएको छ । यता नगरपालिकाको पनि विकास निर्माणमा भएको प्रगतिबाट अरु नगरवासी झनै खुशी देखिनुभएको छ ।

(लेखक मिश्र चाँगुनारायण नगरपालिकाका मेयर हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *