भीरकोट अपडेट : कोषमा ३० लाख बढी रकम प्राप्त, सहयोग गर्नेहरुको अझै चासो बढ्दो

मेयर खबरदाता, स्याङ्जा

कोरोना संक्रमण नियन्त्रणका लागि प्रयत्नशिल भीरकोट नगरपालिकालाई संघसंस्था र व्यक्तिगत रुपमा पनि सहयोग जुट्ने क्रम जारी रहेको छ । भीरकोट नगरपालिका–८ ओकादीको प्रगतीशिल यूवा क्लव र एकता आमा समूहले १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन् । संयुक्त क्लवका अध्यक्ष दान वहादुर गुरुङ्, कोषाध्यक्ष ठग वहादुर गुरुङ र सल्लाहाकार याम बहादुर गुरुङ्ले संयुक्त रुपमा भीरकोटका मेयर छायाराम खनाललाई सो रकम हस्तान्तरण गर्नुभएको छ ।

रकम बुझ्दै मेयर खनालले खानै समस्या हुने १४ सय घरपरिवारलाई राहत सामाग्री वितरण गरिसकिएको र यस्तो सहयोगले थप उर्जा मिलेको बताउनुभयो । उहाँले अझै नगरभित्र त्यस्ता समस्या भोग्ने नगरवासी भए जानकारी दिन पनि सबैलाई आग्रह गर्नुभएको छ ।

हालसम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी २८ लाख ३० हजार ३ सय २५ रुपैया जम्मा भएको नगर प्रवत्ता दीपेन्द्र केसीले जानकारी दिनुभएको छ । उहाँका अनुसार सिधै मेगा बैंक लिमिटेड वयरघारीमा रहेको भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषको खातामा रकम जम्मा गर्न सकिने पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *