कालोबजारी सहिंंदैन– उपमेयर थापामगर

मेयर खबरदाता, बाँके

कालोबजारी नियन्त्रण गर्न सबैको सक्रियता आवश्यक ठान्दै नेपालगञ्ज उप–महानगरपालिकाकी उपमेयर उमा थापाले उपभोक्ता हित संरक्षण समितिको बैठक राख्नुभएको छ । लामो समयको लकडाउनका कारण बजारमा कालोबजारी हुन सक्ने भन्दै यसपप्रति चनाखो रहन बैठकमा सहभागी स्थानीय प्रशासन, व्यवसायी लगायत सबैलाई उपमेयर थापाले आग्रह गर्नुभएको छ ।

समितिको संयोजक समेत रहनुभएकी उपमेयर थापाले आपुर्तीमा सहज ब्यवस्थापन गरि सहज रुपमा ब्यापार ब्यवसाय संचालनका लागि स्थानीय सरकार लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘कोराना र लकडाउनले थलिएका जनतलाई थप पीडा दिनेगरी हुने मुल्यबृद्धि कुनै पनि हालतमा सहन सकिंदैन ।’

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पेशागत इमान्दारिता सबैमा आवश्यक पर्ने बताउनुभयो । बैठकमा केएल दुगड ग्रुपका प्रबन्धक प्रदिपकुमार छाछेड, पानी संघ बाँकेका अध्यक्ष विनय श्रेष्ठ, नेपालगञ्ज किराना तथा खाद्य ब्यवसायी संघका अध्यक्ष फणाधर भण्डारी, मासु ब्यवसायी संघका अध्यक्ष दिपेन्द्रराज श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष सतिशकुमार अग्रवाल, रानीतलाउ तरकारी बजार समितिका अध्यक्ष मोतिसरा थाापा लगायतले असहज अवस्थामा काम गरिरहेको भन्दै बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुने अवस्था नभएको बताउनुभयो ।

समितिका सदस्य सचिव तथा उपमहानगरपालिकाका अधिकृत विमल गुरुङले बजारमा मुल्यवृद्धि हुन नदिन, आपुर्तीमा सहज ब्यवस्थापनका लागि बैठकमा महत्वपूर्ण छलफल भएको मेयर खबरलाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *