वालिङ अपडेट : राहत कोषमा ४० लाख, मनकारीलाई थप सहयोगको आग्रह

तोलाकान्त बगाले/मेयर खबर, स्याङ्जा

वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा नगद र जिन्सि गरी ४० लाख बढीको संकलन भइसकेको छ । कोषमा नगद २९ लाख ८३ हजार ३ सय ९५ र खाद्यान्न तथा जिन्सी १० लाख ५९ हजार ८ सय १५ गरी कूल ४० लाख ४३ हजार २ सय १० संकलन भएको हो ।

कोषमा कडेल गाउँ आमा समूह वालिङ ८ द्वारा १२ हजार, कटौंजे आमा समूह वालिङ ८ द्वारा १२ हजार ५ सय, सुर्कौदी आमा समूह वालिङ ९ द्वारा १० हजार ५, जगतबहादुर विक कुवेतबाट ५ हजार, दीर्घनारायण सुबेदीबाट ५ हजार ४ सय ५४, सविता पंगेनी वालिङ ९ बाट ५ हजार, डिप्रोक्स लघुवित्त वित्तीय संस्था वालिङ शाखाबाट २५ हजार बराबरको खाद्यान्न, नमूना फूलबारी वालिङ शाखाबाट १५ हजार सहयोग प्राप्त भएको छ ।

सहयोग गर्न चाहनेहरुलाई कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन वालिङ नगरपालिकाले मनकारीहरुलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *