मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

युद्ध– कोरोनाविरुद्ध–६१ : उपत्यकाका ५ उपमेयरको स्पष्टोक्ति, ‘न्याय लक भएको छैन’
मेयर खबरदाता, काठमाडौं
उपत्यकाका ५ जना उपमेयरहरुले आफुहरुको सक्रियता कोरोना संक्रमण नियन्त्रणमा बढि देखिए पनि सामाजिक न्याय मर्न नदिएको बताउनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को ६१ औं श्रृंखलामा बोल्दै उपमेयरहरुले भन्नुभयो, ‘लकडाउनमा अरु लक भएपनि न्याय लक भएको छैन ।’
उपमेयरहरुले हिंसा, दूव्र्यवहारका घट्नाबारे टेलिफोनबाटै भएपनि जानकारी दिन नगरवासीलाई अनुरोध गरिएकोबारे कार्यक्रममा धारणा राख्नुभएको कार्यक्रमका सहजकर्ता शिव अधिकारीले जानकारी दिनुभयो । यसरी आउने सूचना लगत्तै न्याय सम्पादन पीडितकै घरमा पुगेर गर्ने गरेको पनि उपमेयरहरुले बताउनुभएको छ । नेपालको संविधानले उपमेयरहरुलाई न्यायिक समितिको संयोजनको जिम्मेवारी दिएको छ ।
विस्तृत कार्यक्रम न्यूज २४ टेलिभिजनमा जेठ २८ गते बुधबार विहान ८ः३० र बेलुकी १० बजे हेर्न सकिने जनसम्पर्क अधिकृत प्रसन्न ढुंगानाले जानकारी दिनुभयो ।