लकडाउन खुकुलो हुँदै, फेरिएको मोडालिटी अनुसार के खुल्छ, के बन्द ? (विस्तृत सूचीसहित)

मेयर खबरदाता, काठमाडौं

लकडाउनले आजित भएका जनता सडकमै आउन थालेपछि सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चैत ११ देखि जारी लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो ।

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने नीति लिएको छ । काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ भने विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । यसबारे बिहीबार सरकारले विस्तृत जानकारी दिने तयारी गरेको छ ।

कोरोना भाइरस संक्रमित दोस्रो केस भेटिएपछि सरकारले चैत ११ बाट लकडाउन गरेको थियो । पछिल्लो समय संक्रमितको संख्या पनि बढ्दो छ । तर साढे दुई महिना लामो लकडाउन गरेको सरकारले खुकुलो बनाउने योजना नल्याएको भन्दै व्यवसायीहरुले स्वस्फुर्त पसल समेत खुल्न थालिसकेका छन् भने सरकारलाई नियन्त्रण गर्न हम्मे हम्मे परिरहेको छ ।

एस्ईई नहुने

यस वर्षको एसइई परीक्षा नहुने भएको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो। सम्बन्धित स्कुलहरूले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय भएको बैठक स्रोतले बताएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पेस गरेको प्रस्ताव पारित गर्दै मन्त्रिपरिषदले उक्त निर्णय लिएको हो। यस सम्बन्धमा विस्तृत जानकारी शिक्षा मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर दिने तयारी गरेको छ । गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण स्थगित भएको थियो। त्यसयता उक्त परीक्षा हुने कि नहुने अन्यौल थियो। शिक्षा मन्त्रालयले वर्तमान कानुन संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रिय स्तरको एसइई परीक्षा लिने विकल्पसहित प्रस्ताव लगेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *