मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

स्थानीय सरकारलाई संघको सर्कुलर– खाईपाईआएको सामाजिक सुरक्षा भत्ता नरोक्नु
मेयर खबरदाता, काठमाडौं
संघीय सरकारले साठी वर्ष उमेर पुरा नगरेका विधवा र ख वर्गका अति अशक्त अपाङ्गता भएकाहरुको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्कुलर गरेको छ । मन्त्रिपरिषद्ले जेठ २२ गरेको निर्णय कार्यान्वयनका लागि सबै स्थानीय सरकारहरुलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सर्कुलर जारी गरेको हो ।
सर्कुलर गरिएको पत्रमा भनिएको छ, ‘विषम परिस्थितिलाई मध्यनजर गरी साविकमा सामाजिक सुरक्षा भत्ता खाई पाई आएका साठी वर्ष उमेर पुरा नगरेका विधवा र अति अशक्त अपाङ्गता (ख वर्गको अपाङ्गता परिचयपत्र) भएका लाभग्राहीहरूलाई आर्थिक सहायता उपलब्ध गराउनुहुन अनुरोध छ ।’
निर्णयपछि सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका साठी वर्ष उमेर पुरा नगरेका विधवा महिलालाई मासिक २ हजार अति अशक्त अपाङ्गता भएकाहरुलाई मासिक १ हजार ६ सय पाउने भएका हुन् ।
सरकारले बजेट ल्याउनु अघि विधवा र ख वर्गका अपांगता भएकाहरुको भत्ता रोक्ने भनेपछि चर्काे विरोध आएको थियो । विरोधपछि सरकारले भत्ता दिनेभएपनि यो सामाजिक सुरक्षा ऐन विपरित हुने जानकार बताउँछन् । बरु सरकारले सामाजिक सुरक्षा ऐन संशोधन गरेर भत्ता दिन विज्ञहरुको सुझाव पनि छ ।
पञ्जिकरण विभागले जारी गरेको पत्र