मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

सामूहिक बलात्कार घटनामा संलग्नलाई कारबाही गर्न नगरपालिका संघको माग
मेयर खबरदाता, काठमाडौं
२ असार । कैलालीको लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा राखिएकी महिलामाथि भएको सामूहिक बलात्कारको घटनाप्रति नेपाल नगरपालिका संघ महिला विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभागले मंगलबार विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको हो ।
नगरपालिका संघ महिला विभागले कोभिड १९ रोकथाम तथा नियन्त्रणका सन्दर्भमा महिला, बालबालिका, बृद्धबृद्धा र अपांगता भएका नागरिकहरुको जोखिमतालाई मध्य नजर गरी विशेष व्यवस्था गर्नका लागि संघ, प्रदेशर स्थानीय तहका सरकारहरुलाई पनि अपिल गरेको छ ।
भारतबाट आई गत जेठ २० गतेदेखि क्वारेन्टाइनमा बस्दै आएकी ती महिलामाथि जेठ ३१ गते राति बलात्कार भएको थियो ।
घटनाबारे नगरपालिका संघको विज्ञप्ती