पीसीआर मेसिन खरिद गर्न मेयर साँउदले गरे ५ लाख सहयोग

मेयर खबरदाता, डडेल्धुरा
२ असार । डडेल्धुरामा पीसीआर मेसिन खरिद गरेर कोरोना संक्रमण भए नभएको पत्ता लगाउन परशुराम नगरपालिकाका मेयर भीम बहादुर साँउदले दिवगंत दाई दल बहादुर साँउदको स्मृतिमा ५ लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

मेयर साँउदले आफु संरक्षक रहेको राजेन्द्र निर्माण सेवा प्रालिका तर्फबाट पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसनलाई सो रकम सहयोग गर्नुभएको हो । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्वारा पीसीआर मेसिन खरीदका लागि शुरु गरिएको सहयोग संकलन अभियानमा व्यक्ती तथा संघ संस्थाले रकम सहयोग गरिरहेका छन् ।

राजेन्द्र निर्माण सेवा तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन भट्ट र मेनेजर छवी साँउदले ५ लाख रुपैयाको चेक ह्युमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायललाई प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *